Press & Media

दुल्लू अस्पताल ब्यवस्थापन सम्बन्धी सरोकारवाला विच छलफल

07 Sep, 2018

IMG_4253-1-750x430

दैलेख । दुल्लू नगरपालिकाको एक मात्र अस्पताल दुल्लू अस्पतालको ब्यवस्थापन सुद्धिडीकरण सम्बन्धि सरोकारवाला बिच छलफल भएको छ । दुल्लू अस्पतालमा भएको प्रगतिको बारेमा छलफल भएको हो ।

निक साईमन इन्च्यिुट, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश , प्रदेश स्वास्थ्य विभाग र दुल्लू अस्पतालको आयोजनामा दुल्लू अस्पतालको ब्यवस्थापनमा सुद्धिडिकरण सम्बन्धमा सरोकारवाला संग छलफल भएको हो ।

कार्यक्रममा निक साईमन इन्च्यिुटले पन्ध्र सैया भन्दा माथिका अस्पतालमा गरेको सहयोगको बारेमा निक साईमन इन्च्यिुटका प्रतिनिधी जनार्धन पाठकले प्रकास पार्नु भएको थियो ।

उनले अस्पताल सुद्धिडीकरण को लागि ३ सय ५० पुणाङ्कमा मुल्याङ्कन गर्ने गरेको छ । जस अन्तरगत दुल्लू अस्पतालले ६५ प्रतिशत अंक पा्रप्त गरेको छ । निक साईमन इन्च्यिुटले अस्पताल अस्पताल जस्तो बनाउनको लागि न्युनतम माप दण्ड मापन गरेको थियो जसमा ११ भागमा अस्पतालमा भएको कर्मचारीको विरण र १५ भागमा अस्पतालमा भएको समाग्रीहरुको विवरणलाई आधार मानेर मुल्याङ्कन गर्ने गरेको छ ।

निक साईमन इन्च्यिुटले प्रत्येक वर्ष अस्पताल सुद्धिडिकरणको लागि दुल्लू अस्पताललाई रु ५ लाख सहयोग गर्दै आएको छ । कार्यक्रममा कणाली प्रदेश स्वास्थ्य विभाग सुृर्खेतका प्रमुख गोकर्ण गिरीले अस्पताललाई ब्यवस्थीत र सुन्दुर बनाउनको लागि गुरु योजना बनाएर अघि बढ्न यहाँका सरोकारवाला संग आग्रह गर्नु भयो ।

उहाँले दुल्लू अस्पतालमा नियमित डाक्टरको सहभागिता , ओपीडी र इमेरजेन्सी नजिकै सौचालयको ब्यवस्थापन , बिरामी मैत्री भवनको संरचना , सुद्ध खानेपानीको ब्यवस्थापन , आवश्यक दरवन्दीको ब्यवस्थापन , सुरक्षाको ब्यवस्थापन गर्नको लागि सम्बन्धित निकाय संग आग्रह गर्नु भयो । कार्यक्रममा निवर्तमान अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मातृका प्रसाद रिजालले प्रदेश सरकारले निति नवनाउँदा काम गर्न अफ्टेरो भइरहेको गुनासो गर्नु भयो ।

कार्यक्रममा दुल्लू नगरपालिकाका कार्यबहाक नगरप्रमुख लाल बहादुर रावतले निक साईमन इन्च्यिुटले निर्धारण गरेको मापदण्ड अर्को ६ महिनामा पुरा र्गनको लागि अवको दुल्लू नगरपालिकाको अर्को बैठकमा ब्यापकरुपमा छलफल गरेर कामलाई तिव्रताका साथ अगाडी बढ्ने बताउनु भयो । उहाँले दुल्ल अस्पतालको बिकासका लागि प्रतिवद्धता गर्नु भएको छ ।

दुल्लू नगरपालिक वडा नं. ५ का वडा अध्यक्ष प्रेम बहादु थापाको अध्यक्षतामा भएको कार्यक्रममा दुल्लू नगर पालिकाका कार्यबहाक नगर प्रमुख लाल बहादुर रावत , निवर्तमान अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मातृका प्रसाद रिजाल,उपेन्द्र शाह , इलाका प्रहरी कार्यलय दुल्लूका प्रमुख वजिरसिंह बिस्ट , सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका प्रतिनिधी चन्द्रा आचार्य , प्रत्रकार ,राजनिति दलका प्रतिनिधि लागएतको सहभागिता रहेको थियो ।

Source: http://malikanews.com/archives/21009

Share this: