Press & Media

दैलेख जिल्ला अस्पताल प्रथम

10 Sep, 2018

राजधानी संवाददाता/दैलेख ।

कर्णाली प्रदेशका १० जिल्लाका अस्पतालमा गरिएको न्युनत्तम सेवा स्तरमा गरिएको सर्वेक्षणमा दैलेख जिल्ला अस्पताल ९१ प्रतिशत अंक ल्याएर प्रथम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विभिन्न सूचाङ्क पूरा गर्दै कर्णाली प्रदेशका १० जिल्लाका अस्पतालमध्ये दैलेख अस्पताल प्रथम भएको हो ।यसैगरी जिल्ला अस्पताल सल्यान ७८ प्रतिशत अंक ल्याएर दोस्रो भएको छ ।

२०७०÷०७१ देखि स्वास्थ्य तथा जनसंख्या  र निक्स सिमोन इन्सिच्युट र स्वास्थ्य विभाग र क्षेत्रिय स्वास्थ्य निर्देशनालयले प्रत्येक वर्ष गर्ने न्युनतम सेवा स्तरका बारेमा सर्वेक्षण गर्दै आएको थियो । पहिलो वर्ष ७० प्रतिशत ल्याएको अस्पतालले यो वर्ष ९१ प्रतिशत ल्याएर कर्णाली प्रदेशमै प्रथम भएको जिल्ला स्वास्थ्य कार्यलय दैलेखका प्रमुख डा निरन्जन पन्तले बताए ।े स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणमा सबै सूचाङ्क पूरा गरेको भएपनि जिल्ला स्वास्थ्य कार्यलयमा विभिन्न समस्या भएको उनले बताए । अहिले नौ तहको चिकित्सक नहुँदा समस्या भएको भन्दै एक्लै प्रसूति सेवादेखि अन्य सेवा दिन भ्याउनुपर्ने बाध्य भएको गुनासो उनले गरे ।

Source: http://rajdhanidaily.com/2018/09/10/121917/

Share this: