निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई प्रदान
काठमाडौं। निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई उपलब्ध गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा.अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गरे।
मन्त्री ढकालले भेन्टिलेटर र पीपीई जस्तो महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए।
इन्स्टिच्युटले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने छन्।
इन्स्टिच्युटका तर्फबाट डा. श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिस भइरहेको जानकारी दिँदै सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे।
हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामग्री सम्बन्धित जिल्लामा पठाउने काम शुरू भइसकेको बताए।
इन्स्टिच्युटले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने छन्।