Press & Media

निक साइमन्स इन्स्टीच्युटद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

07 Apr, 2020
प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलवार १५:१३

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टीच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ ।

इन्स्टीच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

इन्स्टीच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थयो । भेन्टिलेटर हस्तान्तरण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट सिकिस्त भएका बिरामीको ज्यान जोगाउन भेन्टिलेटरले सहयोग पु¥याउने बताए । त्यस्तै पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताए । उनले उपलब्ध भेन्टिलेटरहरु मध्ये २ थान सूदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने बताए ।

जगेडामा राखिएका भेन्टिलेटरहरु आवस्यकता परेको ठाउँमा पठाउने व्यवस्था मिलाउने समेत उनले बताए । भेन्टिलेटर आफै सास फेर्न नसक्ने विरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भएकाले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ ।

Source: https://www.lokpath.com/story/241922

Share this: