Written Stories

जीवनको पहिलो पोष्टिङ्गको दौरानमा सिकेको पाठ

14 Sep, 2017 By: कृष्णभक्त श्रेष्ठ

काठमाडौं लगायतका अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जस्तो शल्यक्रियाको लागि आवश्यक उपकरणहरु तथा ब्लड बैंकको सुविधा नेपालको ग्रामीण अस्पतालहरुमा कहाँ उपलब्ध छ र । अरु कुरा त परै जाओस् विद्युतको नियमित उपलब्धता समेत छैन । वि.स. २०७३ सालको माघ महिनामा एनेस्थेसिया एसिस्टेन्ट कोर्स पुरा गरेपछि मेरो शुरुवाती पोस्टिङ्ग बझाङ्ग जिल्ला अस्पतालमा भयो । तालिमको दौरानमा काठमाडौंमा एनेस्थेसियोलोजिष्ट डाक्टरहरुसँग मिलेर शल्यक्रिया गरिरहेको अनुभव र बझाङ्ग जिल्ला अस्पतालमा गएर एमडीजिपी डाक्टरसँग शल्यक्रिया गर्नुपर्दाको छुट्टै अनुभव थियो । आफूभन्दा अग्रज डाक्टरहरुको सहायता विना शल्यक्रिया गर्नुपर्ने र आईपर्ने जटिलता ब्यवस्थापन र सामना गर्नुपर्ने अवस्था थियो ।

बझाङ्ग जिल्ला अस्पतालमा बिस्तारै अस्पतालको शल्यक्रिया प्रक्रिया, पद्धति र दिनचर्यासँग घुलमिल भइरहेको बेला सम्पूर्ण कार्यभार ASBA तालिम लिनु भएका डा. विदुर भण्डारीलाई सुम्पेर एमडीजिपी डा. पूर्ण बहादुर घर्ती तालिमको लागि काठमाडौं जानुभयो । यही दौरानमा २०७३/१०/१९ गतेको बिहान करिब ७ बजे तिर फोन गरेर एउटा बिरामी २० वर्षकी गर्भवती महिला G1Po Primi ē Breech presentation ē Non Progress Of Labor ē Fetal bradycardia भनेर शल्यक्रियाको लागि डाक्टरले बोलाउनु भयो । हामी OT Team लगत्तै अस्पताल पुग्यौं र त्यहाँ Pre Anesthetic Checkup गरी बिरामीलाई OT लग्यौं । उसको Blood Group AB+ve र HB 12.9 gm% थियो । शल्यक्रिया ७ः१५ बजे शुरु गरियो । यसै क्रममा डा. विदुरले incision दिनुभयोे Uterus मा पुग्नुभयो । उँहाले बच्चा निकाल्नको लागि बच्चाको टाउको र खुट्टा भेटाउन नसकेर अप्ठ्यारो भएपछि मात्र बच्चा oblique रहेको थाहा भयो । डा. विदुरले २.८ के.जी. को शिशुलाई सकुशल निकाल्नु भयो । तर Uterus ear भएर bleeding बढ्न थाल्यो । यतिबेला सम्म बिरामीको BP, Heart rate, pulse rate, rhythm volue सबै ठिकै थियो । Partograph मा शुरुवाती कोठाको BP 130/80 mm of Hg थियो । विहान ७ः३५ बजे तिर बच्चा निकालिसकेपछि करिब १००० मि.लि. जति bleeding भयो र suction मा ८०० मि.लि. जति जम्मा भयो । अब monitoring airway र breathing ठीकै थियो र circulation मा tachycardia र BP घट्न थाल्यो । यसै क्रममा करिब १५ मिनेटमा BP 100/60 mm/Hg बाट घटेर 60/40 सम्म पुग्यो । यतिखेरसम्म पनि IV fluid बाट BP बढाउने कोशिश गरें तर सकिएन । रगतको पनि ब्यवस्था नभएकोले Fluid Resuscitation गरिरहें र Mephentermine पनि दिइरहें ।

Mephentermine ४ पटकसम्म 6 mg + 6 mg गर्दै दिएँ तर पनि BP बढ्ने अवस्था नै देखिएन । यतिखेरसम्म पनि airway, breathing ठीक थियो । बिरामीलाई अलि drowsy भईराखेको थियो । यस्तै प्रकारको case मैले प्रसूतिगृहमा तालिमको क्रममा प्रा.डा. अमिर बाबु श्रेष्ठ र डा. तारा गुरुङ्गसँग बसेर manage गरेको हेर्ने मौका पाएको थिए । त्यतिखेर मलाई डा. अमिरले Inj. Adrenaline IV 10 mcg + 10 mcg हाल्नु भन्नु भएको कुरा याद आयो । मैले यतिखेरसम्म fluid resuscitate गर्दा पनि Blood Pressure नआएपछि Inj. Adrenaline IV 10 mcg + 10 mcg दिएर BP नापें, अलिकति बढेर 70/50 mm of Hg पुग्यो । बिस्तारै IV Fluid पनि करिव 4000 ml (8 pint) दिइसकेको थिएँ । अगाडी urine पनि भएको देखिंदैन थियो । BP 70/50 mm of HG बाट बढेर 90/60mm of Hg पुग्न थालेपछि output बिस्तारै बढ्न थाल्यो । शुरुवाती पोस्टीङ्गमा घटेको यो घटना सम्झनामा सधैं आईरहने नै छ। । अप्रेसन सकिंदा लगभग १० बजेको थियो । त्यतिखेर बिरामीको airway, brathing ठीक थियो, drowsy पनि ठीक भएको थियो र BP पनि 90/60 mm of Hg पुगेको थियो । त्यसपछि हामीले बिरामीको परिवारलाई बिरामीको अवस्थाको बारेमा जानकारी गरायौं । शल्यक्रियाबाट हुने जटिलताको बारेमा शल्यक्रिया शुरु गर्नुभन्दा अगाडी नै भनेका थियौं । शल्यक्रियाको क्रममा के भयो भनेर पनि भन्यौैं । त्यसपछि रगत चाहिने र रगत ब्यवस्थाको लागि मान्छे खोज्न भन्यौ र हामीले पनि आर्मी क्याम्पमा फोन गरेर AB+ve blood group भएको मान्छेलाई पठाइदिनु भनेर अनुरोध ग-यौं । त्यतिबेला विरामीको Hb 8.2 gm% मात्र थियो । त्यसै दिन एकजना आर्मी दाइले आएर रगत दिनु भयो र विरामीमा Blood transfusion ग-यौं । भोलिपल्ट बिरामीको ABC सबै ठीक थियो र Hb पनि 9.5 gm% थियो र हामीले थप रगत दिनु नपर्ने निर्णय ग-यौं । यसै गरी बच्चा र आमा दुबैलाई सुरक्षित बनाएर १० दिनपछि डिस्चार्ज ग-यौं ।

यो घटना पछि हामी C/S गर्नुभन्दा अघि एउटा रगत दिने मान्छे तयार राख्न भन्छौं । यसबाट हामीले सिकेको कुरा भनेको बिरामीलाई जतिखेर पनि अप्ठ्यारो जटीलता आउन सक्छ र त्यस समस्याको समाधान गर्नको लागि सबै कुराको सम्पूर्ण ब्यवस्था गर्न नसके पनि केही आधारभूत कुराको व्यवस्था गर्नुपर्छ भन्ने हो ।

कृष्णभक्त श्रेष्ठ
एनेस्थेसिया एसिस्टेन्ट, बझाङ्ग जिल्ला अस्पताल

Share this: