लमही अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुरु
By:सञ्चार संवाददाता24 Oct, 2020
दाङ– लमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरबृद्धि भएर लमही अस्पताल बनेको लामो समयपछि लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको हो। शुक्रबार लमही नगरपालिका वडा नं. ३ बनगाउँ निवासी यशोदा केसीलाई शल्यक्रिया मार्फत प्रसुती सेवा प्रदान गरिएको लमही अस्पतालका डाक्टर सत्यप्रसाद वैद्यले जानकारी दिए। निक साइमन्स् इन्स्टिच्यूटको सहयोगमा लमही अस्पतालमा प्रसुती सेवामा शल्यक्रिया सेवा थपिएको हो। यसअघि लमही अस्पतालमा सामान्य प्रसुती सेवा सञ्चालनमा थियो। जटिल प्रकारको सेवा थिएन। बुटवल या नेपालगञ्ज जानुपर्ने बाध्यता...