ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम

ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम

ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम (आरएसएसपी) ले नेपाल सरकार अन्तर्गतका जिल्ला अस्पतालहरुको प्रभावकारितामा वृद्धि गरी त्यसलाई शल्यक्रिया लगायत विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्ने संस्थाको रुपमा रुपान्तरण गर्दछ ।

सन् २००७ मा स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्यूटले यो कार्यक्रम शुरु गरेको थियो र हाल १८ वटा जिल्ला अस्पतालहरु (बझाङ्ग, दोलखा, गुल्मी, कपिलवस्तु, सल्यान, कालिकोट, डोटी, वर्दिया, प्यूठान, म्याग्दी, महोत्तरी, दार्चुला, ताप्लेजुङ्ग, खोटाङ्ग, अर्घाखाँची, बाजुरा, तेह्रथुम र संखुवासभा) मा यो कार्यक्रम अन्तर्गत सहयोग पु-याईरहेको छ । यो कार्यक्रम कार्यान्वयनमा आउनुभन्दा अगाडी पिछडिएका क्षेत्रहरुमा रहेका यी अस्पतालहरु दयनीय अवस्थामा संचालित थिए ।

RSSP Map_Nepali

अस्पताल विस्तार (२००७–२०१६)

 

प्रदेश १

प्रदेश २

प्रदेश ३

गण्डकी प्रदेश

प्रदेश ५

कर्णाली प्रदेश

सुदुर पश्चिम प्रदेश

पहिलो चरण
(२००६–२०१०)

 

 

  • जिरी, दोलखा

 

  • गुल्मी
 
  • बझाङ्ग

दोश्रो चरण (क)
(२०११–२०१२)

       
  • कपिलवस्तु
  • कालिकोट
  • सल्यान
  • डोटी

दोश्रो चरण (ख)
(२०१३–२०१४)

 
  • महोत्तरी
 
  • म्याग्दी
  • गुलरिया, वर्दिया
  • प्यूठान
   

तेश्रो चरण (क)
२०१५

  • खोटाङ्ग
  • ताप्लेजुङ्ग
         
  • दार्चुला

तेश्रो चरण (ख)
२०१६

  • संखुवासभा
  • तेह्रथुम
     
  • अर्घाखाँची
 
  • बाजुरा

ग्रामीण नेपालको स्वास्थ्यसेवामा सुधारका साथै गुणस्तरीय सेवा प्रदान गर्न निम्न लिखित क्षेत्रहरुमा विशेष गरेर आरएसएसपी केन्द्रित रहन्छ ।

  • मानव संसाधन : अस्पतालको लागि नभै नहुने मुख्य पाँच स्वास्थ्यकर्मीहरु (एमडीजीपी डाक्टर, मेडिकल अफिसर, एनेस्थेसिया असिस्टेन्ट, स्टाफ नर्स र बायोमेडिकल उपकरण टेक्नेसियन) को अस्पतालमा भर्ना तथा तैनाथी गरिन्छ ।
  • स्वास्थ्यकर्मीहरुलाई बस्नको लागि सहयोग : १) सुविधायुक्त आवासगृहः जुन अस्पतालको आवसगृह पुरानो छ, त्यसलाई जिर्णोद्वार गर्ने र जहाँ आवसगृह छैन त्यहाँ डाक्टर, नर्स तथा प्यारामेडिक्सको लागि एनएसआईले भवन निर्माण गर्ने गर्दछ । यसैगरी एनएसआईले एमडीजीपी डाक्टरहरुको आवासगृहलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराउने गर्दछ । २) इन्टरनेटको सुविधा : एनएसआईले अफिस र आवासगृहमा इन्टरनेटको सुविधा उपलब्ध गराउँदछ ।
  • निरन्तर चिकित्सकीय शिक्षा (सिएमई) : हरेक तहका स्वास्थ्यकर्मीहरुले पेशागत दृष्टिकोणले आफूलाई निरन्तर अद्यावधिक गरिराख्नु पर्दछ । एनएसआईले ४ किसिमका सिएमईहरुलाई संस्थागत गरेको छ जसले अस्पतालको क्षमता अभिवृद्धिका साथै व्यक्तिगत विकासमा पनि मद्दत पु-याउँछ । १) In-service training, २) On-the-job training (OJT), ३) In-hospital CME, ४) District-level CME.
Share this: