अस्पताल सुदृढीकरण कार्यक्रम
अस्पताल सुदृढीकरण कार्यक्रम अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमकै निरन्तरता हो जुन सन् २०१५ देखि सरकारी अस्पतालहरुमा लागू गरिएको थियो । जस अन्तर्गत अस्पतालहरु स्वयंले र अन्य अस्पतालहरुसँग मिलेर “न्यूनतम सेवा मापदण्ड” टुलको प्रयोग द्वारा मूल्यांकन गरी अस्पतालहरुले प्रदान गर्ने सेवाहरुको गुणस्तरमा सुधार गर्ने तर्फ तत्पर रहेको वा नरहेको यकीन गरिन्छ । यसको अलावा अस्पतालन सुदृढीकरणको लागि स्वास्थ्य मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयले प्रदान गर्ने अनुदानले नसमेटिएका खाली ठाउँहरु पुरा गर्न एनएसआईले अनुदान प्रदान गर्दै आएको छ ।
उद्देश्य:
यस कार्यक्रमको अल्पकालीन उद्देश्य भनेको खाली ठाउँहरुको पहिचान गरी वैज्ञानिक किसिमको कार्य योजना तयार गर्ने रहेको छ भने दीर्घकालीन उद्देश्य भनेको अस्पतालहरुको लागि राष्ट्रिय स्तरको प्रमाणित मूल्यांकन तथा अनुगमन पद्दति स्थापित गर्नु रहेको छ ।
अस्पतालहरु:
यो कार्यक्रम हेल्थ पोष्ट तथा तेश्रो श्रेणीको अस्पतालहरु बाहेकका विभिन्न तहका अस्पतालहरुमा कार्यान्वयन गरिने छ ।
कार्यक्रमका मुख्य तत्वहरु:
यो कार्यक्रमका मुख्य तत्वहरु र ती सँग सम्बन्धित गतिविधिहरुलाई तलको तालिका प्रस्तुत गरिएको छ ।
कार्यक्रमका मुख्य तत्वहरु | गतिविधिहरु |
१. MSS को कार्यान्वयन गर्ने |
|
२. अस्पताललाई अनुदान दिने |
|
३. क्षमता विकासमा सहयोग गर्ने |
|
कार्यक्रम कार्यान्वयन हुने अस्पतालहरु:
यो कार्यक्रम मुलुकको विभिन्न तहको ९७ वटा अस्पतालहरुमा कार्यान्वयन गरिएको छ ।
कार्यक्रम कार्यान्वयन हुने अस्पतालहरु | ||||
---|---|---|---|---|
प्रदेशहरु | प्राइमरी |
सेकेण्डरी ए |
सेकेण्डरी बी |
स्थानीय तहको स्तरोन्नति भएका |
प्रदेश नं. १ |
|
|
||
प्रदेश नं. २ |
|
|
|
|
बागमति |
|
|
|
|
गण्डकी |
|
|
|
|
लुम्विनी |
|
|
|
|
कर्णाली |
|
|
|
|
सुदुरपश्चिम |
|
|
|
|
६२ | २६ | ४ | ५ |