हालको समाचार

निक साइमन्स अवार्ड २०१७

21 Mar, 2018

विगत १८ बर्ष देखि दुर्गम समुदायमा रही स्वास्थ्यसेवा प्रदान गर्नुका साथै स्वास्थ्य संस्थाको सेवा उपयोगिता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले सिअहेव श्री श्याम सुन्दर पोखरेललाई निक साइमन्स अवार्ड २०१७ प्रदान गरिएको छ । निज गुल्मी जिल्लाको पल्लिकोट स्वास्थ्य चौकीमा कार्यरत रही सो क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा सकृय रहनु भएको छ । अवार्डको लागि १८ वटा जिल्लाबाट ३३ वटा सिफारिशहरु प्राप्त भएका थिए जसमध्ये १२ जना महिला र बाँकी २१ जना पुरुषहरु थिए ।

निजलाई सो अवार्ड स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, डा. जिम साइमन्स र डा. मेरिलिन साइमन्सले संयुक्त रुपमा सम्मेलनको समुद्घाटन सत्रमा प्रदान गर्नु भएको थियो ।

Share this: