प्रादेशिक वायोमेडिकल वर्कशपको समुद्घाटन
27 Dec, 2021
देशको पहिलो प्रादेशिक बायोमेडिकल कार्यशाला सुदूरपश्चिम प्रदेशमा स्थापना भएको छ । उक्त कार्यशाला निक साइमन्स इन्स्टिच्यूट सहयोगमा स्थापना भएको हो ।
प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन प्रदेशका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा माननीय मुख्य मंत्री त्रिलोचन भट्टबाट भएको थियो भने समाहरोको अध्यक्षता माननीय सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गर्नु भएको थियो ।
प्रादेशिक बायोमेडिकल कार्यशालाले स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरुको योजनादेखि लिलामसम्मको व्यवस्थापन (योजना, खरिद, जडान, स्याहार, मर्मत–संभार, क्यालिब्रेसन, लिलाम) गरी स्वास्थ्य उपकरणबाट हुन जाने त्रुटीलाई कम गर्ने तथा स्वास्थ्य सेवालाई अझै गुणस्तरिय बनाउन सहयोग गर्ने विश्वास लिएको छ ।
![]() |
![]() |
![]() |