लिखित कथाहरु

घरेलु सामाग्रीको प्रयोगबाट सफल भएको उपचारको कथा

05 Apr, 2019 By: छिङ दोर्जी लामा

उदयपुर जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत मकालु स्वास्थ्य चौकीमा सरुवा भई आएको करीव २० महिना भएको थियो । म दैनिक जस्तो OPD मै बस्ने गर्थे । २०७५ साल साउन महिनाको दिन पनि म OPD मै ब्यस्त थिएँ । करिब १ः४५ तिर बिरामी हेरेर सकिने बेलामा एक जना ७५ बर्षको रेन्जी शेर्पालाई स्ट्रेचरमा बोकेर OPD मा ल्याइएको रहेछ । मैले उहाँलाई बेडमा राख्न आग्रह गर्दै उहाँको नाम OPD Register मा दर्ता गर्न लगाएँ । दर्ता गरिसकेपछि मैले बिरामीको Vital लिन थालें । Vitals लिई सकेपछि मैले बिरामीको समस्या सोध्न थाले । बिरामीले जुगाले टोकेको निउमा मेरो देब्रे खुट्टामा ठूलो घाउ आयो भनेर मलाई बताउनु भयो र मैले जाँच गर्दा देब्रे खुट्टाको पैताला र गोली गाठामा ठूलो abscess बनेर पिप झर्न थालिसकेको थियो । घाउ धेरै दिन भएकोले होला संक्रमण धेरै फैलिसकेको थियो । त्यो बिरामी दुखाईले छट्पटिरहेको थियो । समस्या भएको करिब एक महिना भईसकेको थियो । अनि मैले हतारको साथ एक जना सिस्टर लिएर ड्रेसिङ कक्षमा बिरामीलाई लगेर Aspectic बिधिबाट I&D गरे र I&D को लागि local anesthesia दिएँ । आफ्नो स्वास्थ्य चौकीमा उपलब्ध श्रोत र साधनबाट उपचार सुरु गर्न थालियो । मैले Normal Ssaline बाट ड्रेसिङ गरी Dead tissue निकालि दिई gauze pack राखि bandage गरि दिए । त्यसपछि बिरामीलाई Refer गर्नुपर्ने थियो किनकी उहाँलाई चिकित्सकको सेवा आवश्यकता र हाम्रोमा पर्याप्त स्रोत र साधन नभएकोले तर बिरामी र बिरामीको आफन्तले Refer भएर नजाने निर्णय सुनाउनु भयो किनकी उहाँहरु सँग उपचारको लागि पर्याप्त पैसा थिएन । त्यसपछि बिरामी भर्ना भएर बस्ने सल्लाह दिईयो । तर दुर्गम स्वास्थ्य चौकीमा गुणस्तर युक्त औषधि उपलब्ध नभएको कारणले मैले जिल्लाको Pharmacy बाट औषधि मागि बिरामीको उपचार गर्ने निर्णय गरे र औषधि पठाउन यात्री मेडिकललाई अनुरोध गरियो र पठाई दिने कुरा भयो तब सम्म आफ्नै स्वास्थ्य चौकीको औषधिबाट नै उपचार गरिराख्ने निर्णयका साथ अगाडी बडे । अनि मैले बिरामी र बिरामीको आफन्तलाई ५/६ दिन यहाँ भर्ना गरेर उपचार गरेर पनि निको हुने संकेत नदेखेमा ठूलो अस्पतालमा जान सल्लाह दिए र बिरामीले स्वीकार्नु भयो । त्यसपछि बिरामी अलिक Dehydrate पनि थियो बिरामीलाई Vein Open गरि Ringer Lactate, antibiotic र painkiller दिई उपचार सुरु गरियो । भोलिपल्ट जिल्लाबाट पठाइएको औषधि पनि आईपुग्यो र दोस्रो दिनको ड्रेसिङ गर्दागर्दै मलाई यात आयो । मिसन अस्पतालमा MLP तालिममा बस्दा एउटा विदेशी डा. इरिकले सिकाउनु भएको थियो ठूलो र गहिरो घाउमा महले ड्रेसिङ गर्दा चाडो निको हुन्छ भनेर सिकाउनु भएको थियो । मैले बिरामीको आफन्तलाई मह खोजेर ल्याउन सल्लाह दिए । तेस्रो दिन देखि महको ड्रेसिङ सुरु भयो र ४/५ दिनको उपचार पछि घाउ क्रमिक रुपमा निको हुँदै गयो । दैनिकजसो महको ड्रेसिङले घाउ निको हुँदै गयो । उपचारको १० दिनमा बिरामी उठेर हिन्डुल गर्न सक्ने भयो र २५औं दिनमा ७५ बर्षिय बिरामीको घाउ निको भएर घर जानु भयो । जाँदाजाँदै बिरामी खुशी हुँदै तपाइँलाई धन्यवाद भन्नु भयो ।

लगातार प्रयास र उपलब्ध स्रोत र साधनबाट उपचार अवश्य पनि उपलब्धिमूलक र सफलता हुने एउटा पाठ सिके । अन्त्यमा उपचारमा संलग्न सबैलाई स–धन्यवाद दिन चाहन्छु । त्यो अवस्थाको बिरामीलाई निको बनाएर पठाएको त्यो दिनको सम्झना अझै पनि आई रहन्छ ।

छिङ दोर्जी लामा
हे.अ., पाँचौ
मकालु स्वास्थ्य चौकी, संखुवासभा

Share this: