लिखित कथाहरु

असमान्य ठाउँमा बसेको सालले झण्डै निम्त्याएको काल

30 Dec, 2021 By: कृष्ण भक्त श्रेष्ठ, जिल्ला अस्पताल, ताप्लेजुङ्ग

भर्खरै बाढी पहिरोको अवरोधबाट मेची राजमार्ग (फिदिम–ताप्लेजुङ्ग) को सडक खुल्न थालेको थियो । यसै क्रममा यस जिल्ला अस्पतालमा बर्ष २० की एकजना गर्भवती महिला PV Bleeding को समस्या लिएर २०७६/४/२७ गते आउनुभयो । विरामीलाई डा. महेश्वर गोसाईँले चेक जाँच गर्दा उक्त महिलाको २६ हप्ताको गर्भ रहेको र Placenta Previa को कारण PV Bleeding भएको तथ्य पत्ता लाग्यो । यो उनको दोश्रो गर्भ रहेछ । आराम गराएर (Bed Rest) विरामीको रगत कतिको बग्छ भनेर evaluation गर्ने निर्णयका साथ भर्ना गरियो । विरामीको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा सुविधा सम्पन्न ठाउँ जान नसक्ने कुरा विरामीको आफन्तले बताएकोले हामीले भर्ना गरेर उपचार गर्ने विचार ग-यौं । उपचारको क्रममा विरामीको आफन्तलाई धेरै रगत बगेमा आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्ने र रगत चाहिने कुरा पनि हामीले भनेका थियौं । हाम्रो यस जिल्ला अस्पतालमा रक्तसंचार सेवाको लागि ब्लड बैंक नभएको कारणले गर्दा B Positive भएको मान्छे ४ जना जति खोज्नको लागि पनि बताएका थियौं । भोलिपल्ट विहान राउण्डको समयमा विरामीलाई सोध्दा रगत बग्न कम भएको कुरा विरामीले बताईन । तर हाम्रो चिकित्सको टोलीलाई भने रगत बगेर विरामीलाई ठूलो समस्या पर्ने हो कि भन्ने चिन्ता मनमा खड्किरहेको नै थियो ।

त्यस दिनभरीको ओपिडीको सेवा पश्चात् बेलुका साढे सातबजेतिर साँझको राउण्डको क्रममा विरामीले यौनाङ्गबाट रगत बग्न थालेको कुरा बताउनु भयो र जाँच गर्दा रगत पनि बग्न थालेको पाईयो । रगत पनि धेरै नै बग्न थालेको थियो । त्यसैले शल्यक्रिया गर्नुपर्ने भएकोले विरामीको आफन्तलाई बुझाउँदा मन्जुरीनामा सजिलै दिन मानेनन् । यसै क्रममा रगत चढाउनको लागि ल्यावको सरलाई बोलाएर रगत संकलन गर्न लगायौं । यसैक्रममा ल्याबबाट ब्लड ब्याग नभएको कुरा जानकारी भयो । यतिबेलासम्म बेलुकीको साढे ८ बजिसकेको थियो । ब्लड ब्याग नभएको कारणले हामीले रेफर गर्न खोज्यौं । तर जान सक्ने अवस्था थिएन । शल्यक्रिया गर्नको लागि मन्जुरीनामा दिएको छैन, रगत बग्ने क्रम जारी नै छ । सबैजना अत्तालिएको अवस्थामा करीव रातको १०ः३० बज्न थालिसकेको थियो । यसै क्रममा डा. महेश्वर गोसाईंले फिदिम अस्पतालका डा. मुकेश झालाई फोन गरेर कि हामी केस पठाईदिन्छौं शल्यक्रिया गरिदिनु होला, कि हामीलाई ब्लड व्याग पठाईदिनु होला यतै शल्यक्रिया गर्छम् भन्ने कुरा भयो । फिदिमबाट डा. मुकेशले सबै ठाउँमा कोअर्डिनेसन गरेर ब्लड ब्याग पठाई दिने कुरा भयो रातको ११ बजे । त्यसपछि अलि सहज महशुस भयो । तर विरामीको मान्छेले अझै मन्जुरीनामा दिन मानेका थिएनन् । विरामीको vital signs घट्दै गइरहेको थियो र रगत बगेर विरामी सेताम्मे देखिंदै गएको थियो । त्यतिखेर विरामीको BP-70/30 mm of Hg, PR-150 b/m, RR-40 bpm थियो । बल्ल बल्ल विरामीको मामा रातिको ११ः३० बजे आईपुगेर उपचार गर्नको लागि मन्जुरीनामा दिए । यतिखेरसम्म विरामीको अवस्था धेरै नै गाह्रो भैसकेको थियो । ब्लड ब्याग भर्खरै फिदिम अस्पतालबाट हिँडेको थियो । त्यतिन्जेलसम्म कुर्ने अवस्था थिएन र मैले डा. महेश्वर गोसाईंलाई ओटी जानको लागि अनुरोध गरें । IV Fluid र Inj. Haemacel दिएर ओटी शुरु गर्ने निर्णय गरियो र यस्तो अवस्थामा Hypovolemic shock भएको कारणले गर्दा विरामीलाई Regional Anesthesia दिएर अपरेशन गर्न सक्ने अवस्था थिएन । Fluid Resuscitate हुँदै गर्दा पनि ओटीमा शुरुवाती अवस्थामा विरामीको BP 70/30 नै थियो । त्यसैले मैले SAFE Course मा डा. तारा गुरुङ्गले भने झै Total Intravenous Anesthesia (TIVA) र Intubation र Bagging गरेर गर्ने निर्णय गरें । हामी कहाँ GA मेशीन नभएको कारणले गर्दा यसरी नै जोखिम मोलेर गर्नुपर्ने हुन्छ । Intubate गरेर Bagging गर्दै IV Fluid Resuscitate गर्दै विरामीको vital sign विस्तारै बढ्दै थियो । विस्तारै BP-80/40 mm of Hg, urine output पनि 30 ml हुँदै सुधारिदै गएको अवस्था थियो र शल्यक्रिया पनि क्रमशः चल्दै थियो । विरामीको अत्याधिक मात्रामा रक्तस्राव भएकोले शरीर पुरै सेतो थियो । विरामीको पेटबाट 800 gm को बच्चा त निकालियो तर बचाउन सकिएन । पाठेघर भित्र पनि करीव एक लिटर जति रगत clot भएर बसेको थियो । यसै क्रममा BP माथि ल्याउनको लागि Inj. Haemacell, IV Fluid, Inj. Adrenaline, Inj. Vecuronium, Inj. Propofol / Inj. Succinylcholine / 6.5 mm र 6.5 mm को ET Tube प्रयोग गरेर करीव दुईघण्टा जस्तो लामो समय ब्यागिङ्ग गर्दै शल्यक्रिया सकियो । तर अव extubate गर्न सकिन्छ वा सकिन्न भन्ने पीर मनमा थियो । तैपनि Inj. Neostigmine 2.5 mg + Inj. Atropine 1.2 mg दिएपछि विरामीको spontaneous respiration मा सुधार आयो । Vital sign पनि क्रमशः BP-90/60 mm of HG, PR-100 bpm, र RR पनि 28 beats cycle/min हुँदै extubate भएपछि मनमा खुशी छायो । Extubate भैसकेपछि एकचोटी CBC पठाउने निर्णय गरी पठाईयो । त्यसै बीचमा ब्लड ब्याग पनि आईपुगेको खवर पायौं । रगत चढाउनको लागि मानिसहरु तयार नै थिए । विरामीलाई Post-op मा पु-याएपछि Blood Transfusion गर्ने निर्णय गर्दै अलि ढुक्क हुँदै डा. महेश्वर, डा. कविशंकर, म र अन्य टोली भएर विरामीलाई Post-op मा सा¥यौं । त्यतिबेला विरामीको Hb 5.5 gm/dl थियो र त्यसपछि blood transfusion गर्दै Hb हेर्दै गरेर सात दिनपछि विरामीलाई डिस्चार्ज गरियो ।

यो घटना पछि हामीले हरेक हप्ता Lab department लाई ब्लड ब्याग र Cross matching reagent को बारेमा सोध्ने गरेका छौं

कृष्ण भक्त श्रेष्ठ
जिल्ला अस्पताल, ताप्लेजुङ्ग

Share this: