निक साइमन्स इन्स्टिच्यूट र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त तत्वावधानमा आगामी चैत्र ५ देखि ७ गतेसम्म (तद्अनुसार १८ देखि २० मार्च, २०२५) मा सम्पन्न हुन लागेको १३औं ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलनमा भाग लिनको लागि इच्छुक स्वास्थ्यकर्मी (डाक्टर, नर्स तथा प्यारामेडिक्स) हरुले तल उल्लेख गरिएको व्यहोरा अनुसार केस स्टोरी (नेपाली वा अंग्रेजीमा) तयार गरी तलको फारम भरी पेश गर्नको लागि अनुरोध गरिन्छ ।
१. भूमिका (Background): पहिलो प्याराग्राफमा केश स्टोरीको भूमिका उल्लेख गर्नुपर्नेछ ।(अधिकतम २०० शव्द)
२. मुख्य सामाग्री (Main Content): आफूले गरेको कार्यलाई २ देखि ३ प्याराग्राफ भित्र सिलसिलेवार किसिमले प्रस्तुत गर्ने । (अधिकतम ६०० शव्द)
३. निष्कर्ष (Conclusion): अन्तिम प्याराग्राफमा केश स्टोरीको निष्कर्ष र त्यसबाट आफूले सिकेको पाठलाई संक्षिप्त रुपमा प्रस्तुत गर्ने । (अधिकतम २०० शव्द)
१. केश स्टोरीलाई Word मा टाईप गरेर पठाउनुपर्ने । यसरी टाईप गर्दा नेपाली वा अंग्रेजी दुवैको हकमा A4 साइजमा सबैतिर (दायाँ, बायाँ, तल, माथि) १ – १ इन्च मार्जिन छोड्ने र Single Line Spacing राख्ने । हस्तलिखित भएमा सफा बुझिने अक्षरमा लेखेर पठाउनुहोला ।
२. दुवै केश स्टोरीको लम्वाई A4 साइजमा दुई पेज भन्दा बढी हुन नहुने ।
४. केश स्टोरीलाई अनिवार्य रुपमा आफ्नो आधिकारिक संस्थाबाट सिफारिश गरेर पठाउनुपर्ने ।
१. छनौट भएका केश स्टोरीको आधारमा स्वास्थ्यकर्मीलाई सम्मेलनमा आमन्त्रण गरिने ।
२. छनौट भएका केश स्टोरी मध्येबाट उत्कृष्ठ ठहरिएका केश स्टोरीलाई सम्मेलनमा प्रस्तुतीकरण गरिने ।
१. आफूले काम गर्दाको वास्तविक घटना तथा कथाहरु । यी घटना तथा कथाहरु पाँच बर्षभन्दा पुरानो हुनु नहुने ।
२. समाज/व्यक्तिका लागि आफ्नो प्रयासमा सफल भएका घटना तथा कथाहरु ।
३. राम्रो उद्देश्य राखी प्रयास गर्दा सफलता प्राप्त गर्न नसकिएको घटना तथा कथाहरु र त्यसबाट सिकेका पाठहरु ।
नोट: केस स्टडी पठाउने अन्तिम मिति २०८१ पौष २९ गते ।